सिलगढी: मतिगढा थाना पुलिसले ४८ घण्टाको अवधिमा चोरीको दुई भिन्ना-भिन्नै मामिलामा ५ जनालाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरूमा आत्मा चौहान, नन्दन महतो, अप्रतिभ राय, हितेश सिंघ र उत्तम बर्मन सामेल छन्। प्राप्त गत २४ दिसम्बरमा मतिगढा थाना अन्तर्गत नगरुजोत र बानियाखारी इलाकाको दुईवटा खाली घरमा चोरी भएको थियो।त्यस २ वटा घरबाट चोरले सुनको बहुमूल्य गर-गहना सहित ग्यास सिलेन्डर, फ्रिज चोरी गरेको थियो। घटनाबारे मतिगढा थानामा अभियोग गरेपछि अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले चोरी गरेको ४८ घण्टाको अवधिमै ५ जना चोरलाई पक्राउ गर्नको साथै चोरी गरेको समान पनि उद्धार गरेको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।