नाम्ची: राज्यका प्रख्यात चित्रकार विजयमणि थुलुङको नाममा विजयमणि थुलुङ आर्ट एकाडेमी एवं ग्यालेरी निर्माण गरिने भएको छ। आज नाम्चीस्थित किसान बजारमा आयोजित राज्यस्तरीय साकेवा पर्व कार्यक्रमलाई सम्बोधन गर्दै राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले उक्त घोषणा गरेका हुन्। राज्यभरिका सम्पूर्ण चित्रकारहरूलाई सम्मान जनाउँदै यो पहल गरिएको मुख्यमन्त्रीले बताए। आत्मनिर्भर शोध केन्द्रमा यो स्थापित गरे उनले जानकारी गराएका छन्। हालै जी 20-मा राज्यका चित्रकारहरूलाई आर्थिक सहयोग पुऱ्याएको उल्लेख गर्दै मुख्यमन्त्री तामाङले प्रत्येक तहबाट सहयोग पुऱ्याउने राज्य सरकारको पहल गरेको बताए। जानकारी गराइन्छ, आजको कार्यक्रममा यो माग आयोजक समितिका प्रमुख संरक्षक एवं मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङले यसबारे निवेदन गरेका थिए। सोही कुरालाई ध्यानमा राख्दै मुख्यमन्त्री तामाङले यो घोषणा गरेका हुन्।