मिरिकको डुप्टिन उप स्वास्थ्य केन्द्रमा अज्ञात उपद्रवीहरूद्वारा ताेडफाेड: मिरिक थानामा प्राथमिकता दर्ता

IMG-20231226-WA0303.jpg

मिरिक: मिरिक डुप्टिन स्वास्थ केन्द्रमा अज्ञात उपद्रवीहरूले ताेडफाेड गरेकाे घटना प्रकाशमा आएकाे छ।उपद्रवीहरूले केन्द्रमा धेरै क्षति गर्ने कुचेष्टा गरे पनि केन्द्र हाल स्वास्थ सेवा दिने परिस्थितिमा रहेकाे जीटीए मिरिक थर्बु डुप्टिन समष्टिका सभासद साथै मिरिक अस्पतालका भारप्राप्त प्रभारी मिलेस राईले बताएका छन्। उनले डुप्टिन उप स्वास्थ्य केन्द्र ताेडफाेडकाे घटना चाल पाएपछि तत्काल घटना स्थलमा पुगेर निरीक्षण गरी सम्पूर्ण विवरण संग्रह गरेर सम्बन्धित निकायलाई जनाँउन साथै केन्द्र कर्तृ पक्षले मिरिक थानामा एउटा प्राथमिकी दर्ता पनि गरेकाे पनि बताएका छन्।

उनले घटना दु:खजनक रहेकाे बताउँदै यस प्रकारकाे कार्य गर्नु अनुचित रहेकाे बताएका छन्। यस विषयमा मिरिक थाना प्रभारी मन्ताेष सरकारसित बुझ्दा घटनाबारे छानबीन भइरहेकाे बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement