सिलगढ़ी-राँची बस सेवा छिट्टै शुरू हुने- पार्थप्रतिम राय

00-1-Rajya-Samachar

कोचबिहारः उत्तर बंगाल राज्य परिवहन निगमले छिट्टै नै सिलगढ़ी-राँची बस सेवा शुरू गर्न गइरहेछ। उत्तर बंगाल राज्य परिवहन निगमका चेयरम्यान पार्थ प्रतिम रायले मंगलवार पत्रकार सम्मेलन गरी यी कुरा भनेका हुन्।

पार्थप्रतिम रायले भने, रजिस्ट्रेशन र कागजपत्रको जटिलताको कारण गत १० वर्षदेखि सिलगढ़ी-राँची बस सेवा बन्द थियो। नयाँ सालमा फेरि सिलगढ़ी-राँची बस सेवा शुरू हुनेछ। ५५ सीटको तीन बस यस रूटमा चल्नेछ। यस बाहेक हप्तामा तीन दिन २७ सीटको कोचबिहार-दार्जीलिङ बस सेवा शुरू हुनेछ। परिवहन निगमले कोचबिहार पुस्तक मेला, अलिपुरद्वार डुवर्स उत्सव र फालाकाटा पुस्तक मेलाको अवसरमा अतिरिक्त बसहरू चलाउनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement