कोलकाताः लोकसभा चुनाउको अहम रणनीति बनाउनका लागि बंगाल आइपुगेका केन्द्रिय गृहमन्त्री अमितशाह अनि भाजपा अध्यक्ष जेपी नड्डाले मङ्गलवार बिहान गुरूद्वारामा प्रार्थना गरे। वीर बाल दिवसको अवसरमा कोलकाताको जौड़ासांकोस्थित गुरूद्वारा बारा सिख सङ्गतमा दुवै नेताले प्रार्थना गरे। गुरू गोविन्द सिंहजीका छोराहरूको बलिदानलाई स्मरण गर्नको लागि २६ दिसम्बरलाई वीर बाल दिवसको रूपमा पालन गरिन्छ।
अमित शाह औ जेपी नड्डाको भ्रमणलाई मध्यनजर गर्दै सुरक्षाको कठोर व्यवस्था गरिएको थियो। केन्द्रिय बलहरूसितै ठूलो संख्यामा कोलकाता पुलिसलाई पनि तैनाथ गरिएको थियो। यहाँ लगभग २० मिनट प्रार्थना गरेपछि दुवै नेता कोलकाताको प्रसिद्ध कालीघाट तर्फ प्रस्थान भए।
जेपी नड्डा औ अमित शाह कोलकाताको एकदिवसीय दौड़ाहमा छन्। दुवै नेता हिजो अबेर राती १२:४५ बजे कोलकाता एयरपोर्ट आइपुगेका थिए। भाजपा विधायक मनोज टिग्गाले बताए, नड्डा र शाहले आज दिनभरि पार्टीका धेरैवटा बैठकहरूको अध्यक्षता गर्नेछन्।
-हिस