कोलकाताः कोलकाता पुलिसको एक कन्स्टेबलको मंगलवार बिहानै शहरोक एक अस्पतालमा मृत्यु भयो। प्राप्त जानकारी अनुसार, उक्त कन्स्टेबलले सोमवार राति ड्यूटीमा जानअघि आफ्नो सर्विस रिवाल्वरले आफूलाई गोली हाने। मृत कन्स्टेबलको पहिचान पश्चिम बंगालको नदिया जिल्लाको हरिनघाटा निवा, तपन पाल (५३) को रूपम गरिएको छ। कन्स्टेबल मध्य कोलकाताको त्यही बिल्डिङमा पुलिस बेरकमा बस्थे, जसमा राज्य खाद्य एवं आपूर्ति विभागको कार्यालय छ। उनी शहर पुलिसको रिजर्भ बलसित जोड़िएको थियो।
शहर पुलिस सूत्रहरू अनुसार, सोमवार राति जब उनी नाइट शिफ्टको निम्ति आफ्नो ड्यूटी जान कारमा चढ़िरहेका थिए तब उनले अचानक आफ्नो सर्विस रिवाल्वर निकाले औं आफूलाई गोली हाने। उनलाई अस्पताल लगियो, जहाँ पछि उनको मृत्यु भयो। शुरूआती जाँचमा उनी लामो समयदेखि गम्भीर मानसिक तनावसित जुझिरहेको थाहा लागेको छ। उनका केही सहकर्मीहरूले यो पनि बताए, उनी नर्वस सिस्टम सम्बन्धी केही रोगहरूले पनि पीड़ित थिए। पुलिसले उक्त सर्विस रिवाल्वरलाई जफत गरेको छ, जसबाट उनले आफूलाई गोली हानेका थिए। स्थानीय न्यू मार्केट थाना पुलिसले मामिलामा अप्राकृतिक मृत्युको मामिला दर्ता गरेको छ। पुलिसले मामिलाको विस्तृत जाँच शुरू गरेको छ।
-हिस