क्रिसमसमा कानूनको उल्लङ्घऩ- केवल ट्राफिक विभागमा दर्ता गरियो ५३२ मामिला

00-1-Rajya-Samachar

कोलकाताः क्रिसमस अर्थात् सोमवार राति ट्राफिक नियमहरूको जमेर अदेखा गरियो। कोलकाता पुलिसको यातायात विभागले सोमवार रातिदेखि मंगलवार बिहानसम्म यातायात कानूनहरूको उल्लङ्घनको निम्ति कूल ५३२ मामिला दर्ता गऱ्यो। यसमा हेलमेट नलगाइ बाइक कुदाउनु पनि सामेल छ।

कोलकाता पुलिस सूत्रहरू अनुसार, सोमवार रातिदेखि मंगलवार बिहानसम्म शहरका विभन्न हिस्साहरूमा हेलमेट बिना बाइक चलाएको आरोपमा कूल १९९ बाइक चालकहरूमाथि मामिला दर्ता गरिएको छ। यस बाहेक लापरवहीले वाहन चलाउँदा शहरमा १०४ मामिला दर्ता गरियो जबकि मदिरा सेवन गरी गाड़ी कुदाउनु र पुलिसको साथ दुर्व्यवहार गर्दा १०३ मामिला दर्ता गरिएको छ।

पुलिसले ती मामिलाहरूमा ९२ मामिला दर्ता गरेको छ, जसमा बाइक पछाड़ी बसेको व्यक्तिसित हेलमेट थिएन। यस बाहेक लालबजारले क्रिसमसको रातमा पुलिससित दुर्व्यवहार गर्नुदेखि लिएर महिलाहरूको अपमान गर्नु र सरकारी कर्मचारीहरूको काममा बाधा पुऱ्याउनेसम्म धेरै श्रेणीहरूमा कूल २८८ जनालाई पक्राउ गऱ्यो। साथै विभिन्न थानाका पुलिसले अलग-अलग हिस्साहरूमा सर्च अभियान चलाएर ५०.४ लीटर नशालु मदिरा जफत गरेको छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement