कोलकाताः पश्चिम बंगालमा भाजपाको कोर कमिटीको महत्वपूर्ण बैठकको अध्यक्षता केन्द्रिय गृहमन्त्री अमित शाहले गरे। यसमा पार्टीका राष्ट्रिय अध्य़क्ष जेपी नड्डाले पनि भाग लिए। यद्यपि, बैठकमा मिथुन चक्रवर्ती सामेल भएनन्। अभिनेतालाई छोड़ेर कोर कमिटीका बाकी २३ सदस्य २०२४ को लोकसभा चुनाउमा पश्चिम बंगालको निम्ति पार्टीको रणनीतिलाई अन्तिम रूप दिन बैठकमा उपस्थित थिए।
बैठकमा चक्रवर्ती अनुपस्थित रहँदा राज्यको राजनीतिक खेमामा प्रश्नहरू खड़ा भइरहेछ तर राज्य भाजपा नेताहरूले यसको निम्ति कुनै अन्तर्निहित कारण खारेज गरेको छ। पार्टी अनुसार, चक्रवर्ती गत केही समयदेखि न्यू जर्सीमा छन् र केन्द्रिय गृहमन्त्रीको कोलकाता यात्रा र कोर कमिटीको बैठक तय हुन धेरै अगाड़ी अमेरिका गएका थिए। चक्रवर्तीले पार्टीप्रति आफ्नो दायित्व राम्ररी बुझ्छन् र प्रक्रिया शुरू भएपछि उनी पार्टीको तर्फबाट प्रचार कार्यक्रमहरूमा सक्रिय भएर भाग लिनेछन्।
मिथुन मार्च २०२१ मा पश्चिम बंगाल विधानसभा चुनाउ ठीकअघि कोलकातामा भाजपाको एउटा मेगा ऱ्यालीमा पार्टीमा सामेल भएका थिए, जसमा प्रधानमन्त्री नरेन्द्र मोदीले भाग लिएका थिए। २०२२ मा जेपी नड्डाले पश्चिम बंगालको निम्ति पार्टीको कोर कमिटीको गठन गरे औं चक्रवर्तीलाई त्यहाँ स्थायी सदस्यको रूपमा सामेल गरे।