आरबीआई कार्यालयसहित ११ स्थानमा बम विष्फोटको धम्की

RBI.jpeg

मुम्बई: इमेल मार्फत भारतीय रिजर्व ब्यांक (आरबीआई)को कार्यालयमा बम विस्फोटको धम्की पठाइए छ। आरबीआई कार्यालय बाहेक एचडीएफसी ब्यांक र आईसीआईसीआई ब्यांकसहित ११ स्थानमा बम विष्फोटको धम्की दिइएको छ। पुलिसले ती सबै ठाउँमा खोजी गरे पनि आपत्तिजनक केही फेला परेन। एमआरए मार्ग पुलिस चौकीमा मुद्दा दर्ता गरी अनुसन्धान शुरु गरिएको छ। आरबीआई कार्यालयलाई धम्कीपूर्ण इमेल प्राप्त भयो, जसमा धेरै ठाउँमा बम राखिएको दाबी गरिएको थियो। आरबीआई कार्यालय, एचडीएफसी ब्यांक र आईसीआईसीआई ब्यांकमा बम राखिएको इमेलमा लेखिएको स्रोतले जनाएको छ। आरबीआई गभर्नर शक्तिकान्त दास र केन्द्रीय वित्तमन्त्री निर्मला सीतारमणको राजीनामा इमेल मार्फत मागेको थियो। मुम्बईका कुल ११ स्थानमा बमको धम्की दिइएको छ। यस इमेलका अनुसार आज दिउँसो साढे एक बजे विष्फोट हुने थियो। तर, यस्तो केही भएको छैन। पुलिसले जताततै गएर अनुसन्धान गर्‍यो, तर कतै पनि शंकास्पद वस्तु फेला परेन। यस सन्दर्भमा एमआरए मार्ग प्रहरीले मुद्दा दर्ता गरी अनुसन्धान थालेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement