इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टको क्रीड़ासूची (फिक्स्चर) जारी

IMG-20220724-WA0250.jpg

२४ जुलाईः सालुगढ़ा नेत्र बिन्दु संघको तत्त्वावधानमा आयोजित हुने इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टको क्रीड़ासूची सार्वजनिक गरिएको छ। स्थानीय जोयधर रोय प्राथमिक स्कूल मैदानमा हुने यस टुर्नामेण्टको शुरुवात २८ जुलाईदेखि हुनेछ। टुर्नामेण्टमा जम्मा १६ वटा टीमलाई प्रवेश दिइएको छ। यी टीमहरूलाई ४ वटा ग्रुपमा बाँड़िएको छ। २८ जुलाईको दिन हुने उद्धाटन म्याचमा युनाइटेड सिक्किम एफसी (सीनियर) र नेताजी युथ एकाडमी (सेभोक)-बीच भिड़न्त हुनेछ। टुर्नामेण्टका दुईवटा सेमिफाइनल ११ र १२ अगस्तमा हुनेछ। यसरी नै फाइनल १५ अगस्तमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनर-अप हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। सालुगढ़ा नेत्र बिन्दु संघका अध्यक्ष छिरिंग तोपग्याल (बाबु लामा)-ले यसबारे जानकारी दिँदै संघको तत्त्वावधान हुने गोल्ड कप यस सालदेखि शीतकाल (विण्टर)-मा आयोजन गरिने अनि यस इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टमा उत्कृष्ट प्रदर्शन गर्ने टीमहरूलाई गोल्ड कपमा सीधै प्रवेश दिइने बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement