खस भारतीय हितकारी सम्मेलन मिरिक आञ्चलिक समितिद्वारा मष्ट पूजा

IMG-20231226-WA0299.jpg

मिरिक: खस भारतीय हितकारी सम्मेलन मिरिक आञ्चलिक समिति मिरिक महकुमा समितिद्वारा मष्ट पूजाको आयोजना गरेको छ। यस अवसरमा मष्ट पूजा गरियाे भने समितलाई प्रगति पथमा अग्रसर गराउने टटीबी बुढाथाेकी, गणेश भण्डारी, पीसी भट्टराई, बीएन शर्मा, तिलक पाेख्रेल अनि लुक्सान अधिवेशनमा दाेस्राे स्थान ओगट्ने नृत्य कलाकारहरूलाई सम्मान गरियाे। समितिका मूल सचिव सुनिल भण्डारीले मिरिक झील परिसरमा रहेकाे खसहरूकाे पूजा स्थानमा एउटा भब्य कार्यक्रममाझ मष्ट पूजा गरिएकाे जानकारी गराउँदै खसहरू प्राकृतिक साथै कूलकाे पूजा गर्ने जाति भएकाे कारणले आफ्नाे संस्कार संस्कृतिको जगेरा गर्न यस वर्ष मिरिकका खसहरू समूहमा भेला भएर मष्ट पूजा गरिएकाे बताए।

उनले मष्ट पूजा खस जातिकाे कूल पूजा रहेकाे जसलाई पूर्णिमाकाे पावन अवसर पारेर गरिन्छ भन्दै उक्त धार्मिक अनुष्ठानमा मिरिक आञ्चलिक समिति अधिटीनस्थ सबै शाखाबाट खस जाति उपस्थित रहनेछ भने। यस अवरमा मष्ट पुजाबारे मनाेज खड्काले विस्तृत जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement