राज्यस्तरीय साकेवा उत्सव सम्पन्नजातीय र धार्मिक समारोहलाई राजनीतिकरण गर्नुहुँदैन: मुख्यमन्त्री तामाङ

n5687908301703603661006407f2a07eae5dffe38dd2656069dd54c9b5a97079b6de8aaf4a42e818ea74265.jpg

नाम्ची: अखिल सिक्किम किरात राई सङ्घ, सिक्किमको तत्वावधानमा सिक्किम राज्यस्तरीय साकेवा उत्सव आज दक्षिण सिक्किमको मुख्यालय नाम्चीको किसान बाजारमा सम्पन्न भयो। कार्यक्रममा मुख्यमन्त्री प्रेम सिंह तामाङ मुख्य अतिथि रहेका थिए। अर्कोतिर आज नै नाम्ची सिङ्गीथाङ्ग समष्टिअन्तर्गत कोप्चेमा ८ करोड़ रुपियाँको लागतमा निर्मण गरिने राई खिमको मुख्यमन्त्रीको बाहुलीबाट शिलान्यास गरियो। राई खिमको शिलान्यास पछि मुख्य कार्यक्रमस्थलमा आउने क्रममा मुख्यमन्त्रीलाई सेन्ट्रल पार्कदेखि भव्य सांस्कृतिक शोभा यात्राले अगुवाइ गरेको थियो।

राई जातिका विविध सांस्कृतिक एवं पारम्परिक नृत्यहरूको साथमा आयोजित तीन दिवसीय साकेवा पर्वको आज अन्तिम दिनको कार्यक्रममा सिक्किमे राई जातिको शिर्षस्थ सङ्गठन अखिल किरात राई सङ्घ, सिक्किमका संस्थापक सदस्यहरू तोपधन राई, डा. विमल कुमार राई र केएस राईलाई अभिनन्दन जनाइयो भने राई जातिको विकास र उत्थानको निम्ति उल्लेखनीय कार्य गरेकोमा मुख्यमन्त्री प्रेम सिंह तामाङलाई कृतज्ञता पत्र प्रदान गरियो।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री प्रेम सिंह तामाङले राज्यवासीलाई राई जातिको पर्व साकेवा साथै भूजेल समुदायको पर्व पुगाल परिमको पनि शुभकामना व्यक्त गरे। सबै जात, जाति र धर्मको समान विकासमा जोर दिँदै जात र धर्ममा विभाजित नहुने राज्यवासीलाई आह्वान गरे। वर्तमान सरकारले राज्यका सबै जातीय सङ्गठनलाई कुनै प्रकारको पक्षपात र भेदभावबिना सहयोग गर्दै आएको कुरा पनि मुख्यमन्त्रीले आफ्नो सम्बोधनमा उल्लेख गरे। धर्ममा राजनीति होइन राजनीतिमा धर्म हुपर्छ, उनले भने। आजको कार्यक्रममा मुख्यमन्त्री तामाङले राज्यमा उधौली साकेवालाई पनि रेस्ट्रिक्टेट होलिडे (प्रतिवन्धित विदा) घोषित गरे। उल्लेखनीय छ, आजको उभौली साकेवालाई पहिलेबाटै सरकारले पूर्ण विदा घोषित गरेको छ। यसरी नै मुख्यमन्त्रीले आज राज्य सरकारले राज्यका चित्रकारहरूलाई प्रोत्सहान गर्न विजयमणि थुलुङ आर्ट एकाडेमी कम आर्ट ग्यालेरी स्थापना गर्ने घोषणा पनि गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै अखिल किरात राई सङ्घ, सिक्किमका अध्यक्ष मोहन दुङ्गमाली राईले साकेवा पर्वको महत्व र सङ्घठनको गतिविधिमाथि प्रकाश पारे। कार्यक्रमअवधि अखिल किरात राई सङ्घको वेबसाइट, क्यालेण्डर साथै केही पुस्तकको पनि विमोचन गरियो।

कार्यक्रमलाई राज्यस्तरीय साकेवा उत्सव आयजक समितिका प्रमुख संरक्षक तथा मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङले पनि सम्बोधन गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement