लिङ्‌गीमा एसडीएफ पार्टीको कार्यलय उद्‌घाटन

IMG-20231227-WA0000.jpg

मुख्यमन्त्री गोलेमा कुनै सिर्जनशीलता छैनः केएन राई

गान्तोक: दक्षिण सिक्किमको तुमिन लिङ्‌गी समष्टिअन्तर्गत लिङ्‌गीमा सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ)-को ब्लकस्तरीय पार्टी कार्यलय उद्‌घाटन गरियो। आज एसडीएफ पार्टीका वरिष्ठ उपाध्यक्ष केएन राईको अध्यक्षतामा लिङ्‌गीमा पार्टी कार्यलय उद्‌घाटन समारोह सम्पन्न भयो। कार्यक्रममा विशिष्ट अतिथिका रूपमा पार्टीका वरिष्ठ उपाध्यक्ष डीबी थापा साथै युवा नेता भाइचुङ भोटिया र डा. वीणा बस्नेतको पनि उपस्थिति रहेको थिए।

कार्यक्रम अवधि दीपेन तामाङ, मिलन गौतम, जननाथ लामिछाने, राजेश वालिङ, अरुण लिम्बू, विजय प्रधान, टीडी काजी, भाइचुङ भोटिया आदिले सम्बोधन गर्दै राज्यको समसामयिक विषयहरूमाथि आ-आफ्नो विचार साझा गरे। आफ्नो अध्यक्षीय सम्बोधनको क्रममा केएन राईले सिक्किमको अस्तित्व र माटो किन बचाउनु पर्‍यो, सिक्किमेलीहरूको पहिचान र परिचय किन बचाउनु पर्‍यो भन्ने विषयबारे जनतालाई आवगत गराए। यसका साथै उनले आगामी २०२४-को चुनाउ सिक्किम बेच्ने र सिक्किम बचाउने जनमत सङ्‌ग्रह गर्ने चुनाउ हो भन्दै सिक्किम बचाउनका निम्ति अनुभावी नेता पवन चामलिङद्वारा नेतृत्वधीन एसडीएफ पार्टीलाई जनताले समर्थन गर्न आवश्यक छ भने।

सम्बोधनका क्रममा श्री राईले रोलु दिवसका दिन एसकेएम अध्यक्ष तथा मुख्यमन्त्री पीएस गोलेले एसकेएम २.० भनी बयान गरेको विषयलाई खण्डन गर्दै एसकेएम पार्टी र वर्तमान मुख्यमन्त्रीले एसडीएफ पार्टीको सबै कार्यक्रम चोरेका छन्‌ आरोप लगाए। यसैक्रममा एसडीएफ पार्टीको समावेशी राजनीति पनि चोरेको उनले थप बताए। एसडीएफ पार्टीले टेन मिनट्स टू अर्थ, ग्रीन मिशनजस्ता पर्यावरणमुखी कार्यक्रमहरूद्वारा हरियाली बनाएको वन-जङ्‌गल तथा रूखपातलाई माया-दया नगरी फाडेर ‘मेरो रुख मेरो सन्तति’ कार्यक्रम उद्‌घोषण गर्नु हाँस्यस्पद विषय हो भन्दै राईले कटाक्ष गरे।

यसको साथै मुख्यमन्त्री गोलेमा कुनै सिर्जनशीलता नभएको पनि केएन राईको भनाइ रहेको छ। पाँच वर्षको कार्यकाल पूरा हुनलाग्द पनि एसकेएम सरकारले राज्यवासीलाई एउटै नयाँ कार्यक्रम र योजना दिन नसकेको उनले बताए। यसै क्रममा बोल्दै उनले गरीब आवास योजना पनि एसडीएफ सरकारले नै शुरु गरेको उनले थप बताए।

स्थानीय बासिन्दा श्री होमानाथ शर्माले पार्टी कार्यलयका निम्ति घर उपलब्ध गराएकामा पार्टी अध्यक्ष तथा सम्पूर्ण एसडीएफ परिवारको तर्फबाट केएन राईले उनलाई कृतज्ञता व्यक्त गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement