इण्डिपेण्डेन्स कपः बुङकुलुङ एफसी विजयी

photocollage_2022724233138368.jpg

२४ जुलाईः दुधे युथ क्लबको तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स कप २०२२ फूटबल टुर्नामेण्टमा आइतवार एउटा म्याच खेलियो। स्थानीय दुधे खेल मैदानमा आज भएको म्याचमा बुङकुलुङ एफसी-ले लालपूल एफसी-लाई ३-०-ले पराजित गऱ्यो। विजेता टीमबाट नयल सुब्बाले १०औं, प्रयास राईले ४८औं र संगीत राईले ५०औं मिनटमा गोल गरे। सोमवार दुईवटा म्याच खेलिनेछ। पहिलो म्याचमा एमएम तराई र लोहागढ़ एफसी-बीच भिड़न्त हुनेछ। यसरी नै दोस्रो म्याच जेपीएफसी बाघडुग्रा र कमल सेभेनबीच खेलिनेछ। यस सेभेन ए साइड टु्र्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टमा जम्मा ३२ वटा टीमले हिस्सा लिएको छ भनी आयोजक समितिको पक्षमा कोषाध्यक्ष विशाल शर्माले जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement