आरपीएफद्वारा नाबालक उद्धार

044c799c-709c-4ce3-a799-f0da5903d63e

कालचिनीः सोमबार राती डुवर्सको मुजनाई रेल स्टेशनमा एकजना असहाय नाबालक केटालाई यात्री बिसौनीमा सुतिरहेको अवस्थामा रहेको जानकारी पाएर आरपीएफ हाँसीमाराका प्रभारी सुदीप्ता दासगुप्ताको नेतृत्वमा आरपीएफ टोली मुजनाई रेल स्टेशनमा पुगेर उक्त असहाय केटालाई सोधखोज गर्दा ती केटा बोल्न नसक्ने दिव्याङ्ग देखेपछि आरपीएफले त्यस बच्चालाई उद्धार गरेर मंगलवार अलिपुरद्वार सीडब्ल्यूसीलाई सुम्पिएको छ।
अपरेशन नन्हे फरिस्ते अन्तर्गत उक्त असहाय अनि अपरिचित ७ बर्षीय केटालाई आरपीएफले उद्धार गरेर सीडब्ल्यूसी अलिपुरद्वार समक्ष सुम्पिएको र उक्त केटा बोल्न नसक्ने भएकोले तिनको नाम र अभिभावक औ ठेगानको कुनै जानकारी नपाएको आरपीएफ प्रभारी सुदीप्ता दासगुप्ताले जनाएकी छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement