हाम्रो पार्टीको शीर्षस्थ नेतृत्वहरूद्वारा अजय एडवर्डको पितालाई चढ़ाए श्रध्दाञ्जली

IMG-20231226-WA0292.jpg

दार्जीलिङ: विगत केही अघिदेखि अस्वस्थ्य रुपमा रहेका हाम्रो पार्टी अध्यक्ष अजय एडवर्डको पिता जोन बोनिफेस एडवर्ड्सको आज बिहान 3:50 बजे देहान्त भयो। पार्टी अध्यक्षको पिताको निधनमा हाम्रो पार्टीको शीर्षस्थ नेतृत्वहरूले घरमै पुगेर श्रध्दाञ्जली अर्पण गरेका छन्। पार्टी नेताहरूले पिताको देहान्तले अजय एडवर्ड्स अनि उनको परिवारलाई शोकाकूल बनाएको छ साथमा सम्पूर्ण हाम्रो पार्टी परिवार पनि शोकित बनेका छन् भन्दै उनको चिर आत्माले शान्ति पाउन् भनी आज केन्द्रीय पार्टी कार्यालय पी कोठीमा पार्टी महासचिव फुर्तेम्बा भोटियाको नेतृत्वमा सम्पूर्ण केन्द्रीय सदस्य लगायत पार्टी सदस्यहरुले परिवारको मनोबल बनाउन समवेदना प्रकट गर्दै प्रार्थना गर्दै स्वर्गीय जोन बोनिफेस एडवर्ड्सको फोटोमा खदा अर्पण गरेर क्याण्डल जलाएर श्रद्धाञ्जली अर्पण गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement