शहीद कप फूटबलः मानजिंग फूटबल एकाडमी (एमएफए) फाइनलमा

photocollage_2022724232931149.jpg

२४ जुलाईः माल बस्ती युथ (गोरुबथान)-को तत्त्वावधानमा आयोजित शहीद कप नक्आउट फूटबल टुर्नामेण्ट २०२२-मा मानजिंग फूटबल एकाडमीले टाईब्रेकरमा रोमाञ्चक जीतको साथ फाइनलको टिकट हासिल गऱ्यो। माल बस्ती खेल मैदानमा जारी यस इलेभेन ए साइड टुर्नामेण्टअन्तर्गत आइतवार भएको दोस्रो सेमिफाइनल म्याचमा मानजिंग एफए-ले रीनो एफसी (आहाले १)-लाई टाईब्रेकरमा ४-३-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर १-१-को बराबरीमा रहेको थियो। म्याच हारे पनि रीनो एफसीका खेलाड़ी देवाशिषलाई प्लेयर अव् द म्याच चयन गरियो। अब २७ जुलाईमा हुने फाइनलमा मानजिंग एफए र सत्य ज्योति संघबीच भिड़न्त हुनेछ। टुर्नामेण्टमा विजेता हुने टीमलाई ५० हजार रुपियाँको साथमा आकर्षक ट्रफी प्रदान गरिनेछ। यसरी नै उपविजेता टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक समितिको पक्षबाट जानकारी दिइएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *