कर्णावती (गुजरात): गएको २४ दिसम्बरदेखि गुजरातको कर्णावतीमा शुरू भएको तीन दिवसीय नेपाली संस्कृति परिषद समिति अन्तर्राष्ट्रियको सम्मेलन आज समापन भएको छ। यस सम्मेलनको आज अन्तिम दिनमा विशिष्ट अतिथिहरूले सम्बोधन गरे, जसमा स्वामीनारायण सम्प्रदायका महन्त श्री भगवत्प्रियदासी स्मावी तथा श्री प्रशान्त स्वरूपजीको सानिध्य प्राप्त भयो। अक्षरधामका दुवै सन्तहरूले नेपाली समाज र यसका महान संस्कृतिमाथि प्रकाश परे। सनातन तथा बौद्ध समुदायका अनुयायीहरू नेपाली गोरखाली समाज जागृत हुनुपर्ने तथा धर्मान्तरणदेखि राष्ट्र अनि धर्म संस्कृतिको सुरक्षा हिमालयको शान्ति र सुरक्षाको ग्यारेन्टी हो भनि बताए। उनी विश्वभर स्वामीनारायण मन्दिरहरूको स्थापनाले समाज कल्याण सेवा तथा परमार्थको नौलो मार्ग देखाई रहेको बताए।

मध्यपूर्वी इस्लाम देश देबईमा भव्य स्मीनारायण मन्दिरको निर्माण भई रहेको विशेष उल्लेख गर्दै विश्व कल्याणको प्रेम र सौहार्द, एकता भाईचारा ग्यारेन्टी सनातन धर्म र संस्कृति हो भनि बताए। यस सम्मेलनको समापन सत्रलाई सम्बोधन गर्दै परिषदका मुख्य संस्थापक संरक्षक इन्द्रेश कुमारले जहाँ आफ्नोपना, साँचो मनले प्रेम र सद्भावना हुन्छ त्यहाँ मतपन्थ धर्मदेखि माथि उठेर मानव मानवको हितमा सोच्छन् बताए। सनातन संस्कृतिमा यो शक्ति र क्षमता छ जसले प्रभु ईसा मसीहदेखि मोहम्मद पैगम्बरका अनुयायी नगण्य संख्यामा रहे पनि चर्च र मस्जिद निर्माणका लागि जग्गा-जमीन दिए, तर सनातन धर्मको सर्वधर्म समभावको भावना विपरित गएको उनले बताए। जी-२० सम्मेलनहरूको माध्यमले विश्वमा सनातन धर्मको महिमा गौरव अनि गहिराई प्रति विश्व अवगत भएको उनले बताए। यी सबै प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्व कौशलको परिणाम हो भनि बताए। उनले अयोध्या श्रीराम जन्मभूमि मन्दिर आन्दोलनमा असंख्य नेपालीहरूले योगदान दिएको उल्लेख गर्दै अयोध्या श्रीराम मन्दिर आन्दोलनमा नेपाली योगदानबारे चाँडै एक शोध पुस्तक प्रकाशित गरिने घोषणा गरे।

परिषदका अन्तर्राष्ट्रिय कार्याध्यक्ष अशोक चौरसियाले आउँदो वर्ष २०२४ हुने विश्वव्यापी परिषदको कार्ययोजनाबारे बताए। उनले प्रत्येक नेपालीको सोझो हृदयको सम्बन्ध भगवान श्रीरामसित रहेको, र यसैले आउँदो २२ जनवरीको दिन प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा करीब ६ हजार साधुसन्त र विशिष्ट व्यक्तिहरूसित श्रीराम मन्दिरको उद्घाटनको अवसरमा करोडों नेपाली परिवारले दीवाली मनाउने र कमसे कम पाँच दियो जलाउने साथै नजिकको प्रत्येक मन्दिरमा उद्घाटनकै समय भेला भएर श्रीराम जय राम जय जय रामको बीजमन्त्रको १०८ पल्ट जाप गर्ने साथै भक्ति भजन गर्ने आह्वान गरे। उनले प्रत्येक चर्च र मस्जिदमा पनि दियो बालिदिने आह्वान पादरी अनि मौलवीहरूसित गरे। उनले प्रत्येक ईसाई र मुसलमान परिवारसित पनि भव्य दियो बालि दिने आह्वान गरेl कारण भगवान श्रीराम भारतवर्षका प्रत्येक ईसाई र मुसलमानका पूर्खा हुन भनि अशोक चौरसियाले बताए। परिषदका गतिविधिहरूबारे प्रत्येक राज्यका महासचिवहरूले विवरण राखे भने प्रत्येक राज्यका अध्यक्षहरूले आउँदो वर्षको कार्ययोजना प्रस्तुत गरे। डा.कमलेश शास्त्रीले समापन समारोहको अध्यक्षता गरेका थिए भने, परिषदका केन्द्रीय र प्रदेश महासचिवद्वयले राजेन शिवाकोटी अनि डिकेन्द्र पौड्यालले संचालन गरे।

सबै प्रतिनिधिहरूलाई स्टेच्यु आफ युनिटी (सरदार बल्लभभाई पटेल) को चित्र भएको स्मृति चिन्ह प्रदान गरियो। भारतका पूर्व विदेश सचिव दार्जीलिङ निवासी हर्षवर्धन श्रृंगलाले दार्जीलिङ वेल्फेयर सोसाईटी तथा परिषदको तरफबाट सो स्मृति चिन्ह प्रदान गरिएको थियो। यस सम्मेलनमा भागलिन जाने प्रतिनिधिहरूलाई आज श्रीकृष्ण प्रणामी सम्प्रदायको पीठ जामनगर निजानन्द धामको दर्शन गराइनेछ। भोली भगवान श्रीकृष्णको द्वारिका, पेठद्वारिका, नागेश्वर ज्योतिर्लिंग अनि समुन्द्र बीचको दर्शन गराइनेछ। २८ दिसम्बरको दिन महात्मा गान्धीको जन्म स्थान पोरबन्दर त्यसपछि श्रीसोमनाथ ज्योतिर्लिंगको दर्शन गराइनेछ। २९ दिसम्बरको दिन केवडियास्थित विश्वविख्यात स्टैच्यु आफ युनिटी (सरदार बल्लभभाई पटेल)को मूर्त स्थल केवडियाको दर्शन गराइने छ भने ३० दिसम्बरको दिन बिहान कर्णावतीमा विश्व पर्यावरण संरक्षण हेतु आर्य समाज मन्दिरमा यज्ञ हवन गरिनेछ। तथा विदाई समारोहका साथ प्रतिनिधिहरूलाई आ-आफ्ना स्थानहरूका लागि विदा गरिनेछ।
