प्राथमिक शिक्षण वर्ग शिविरको समापन २८ दिसेम्बरमा हुने तय

कालेबुङ: आरएसएसद्वारा सञ्चालित सप्ताहव्यापी प्राथमिक प्रशिक्षण वर्गको आउँदो २८ दिसम्बर, बिहीबारको दिन स्थानीय सेवासदन परिसरमा रहेको मारवाड प्यालेसमा दिनको २ बजेदेखि  समापन कार्यक्रम हुनेछ। यस समापन कार्यक्रममा अम्बियोक उच्चतर माध्यमिक विद्यालयका प्रधानाध्यापक गौरी नेम्वाङ प्रमुख अतिथी रहनेछन् भने ईरकन (रेलवे)का पूर्व मुख्य जेनेरल मेनेजर छिरीङ टेण्डुप भुटिया विशेष अतिथिको रुपमा उपस्थित रहनेछन्। यहाँ शिक्षार्थीहरूलाई एक हप्ता भित्र सिकाइएका विभिन्न कुराहरु प्रदर्शन गरिनेछन् साथै देश निर्माणको प्रक्रियामा संघको भूमिका, विषयवस्तु र यस सम्बन्धको काम, कर्तव्य र दायित्व बारे बौद्धिक पनि राखिएको प्रेस विज्ञप्तिमा बताएको छ। यस समापन कार्यक्रममा समाजका बिशिष्ट व्यक्तिहरूको पनि उपस्थिति रहने भएकोले यसै सूचनाद्वारा समस्त नागरिकलाई पनि यस समापन कार्यक्रममा सहभागी हुन निमन्त्रणा गरिएको छ। गत २१ दिसम्बरदेखि चल्दै आएको यस शिविरको अन्तिम दिन २८ दिसम्बर बेलुकासम्म हुने भएकोले शिविरमा भाग लिन आएका शिक्षार्थीहरूलाई भोलिपल्ट २९ दिसम्बर बिहानै दीक्षान्त समारोहमा सामेल गराई ९ बजे भित्रमा यहाँबाट बिदा दिइने विज्ञप्तिमा बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement