जलपाईगुडीमा क्रिसमस कार्निवल आयोजित

IMG-20231226-WA0273.jpg

जलपाईगुडी: जलपाईगुडीमा जिल्ला प्रशासनद्वारा क्रिसमस कार्निवल आयोजना गरिएको थियो। यस अवसरमा मंगलबार दिउँसो सहर र आसपासका चर्चका सदस्यहरुको सहभागितामा रंगारंग क्रिसमस कार्निभल र्‍याली निकालिएको थियो । र्‍याली नगरको आइएमए मैदानबाट शुरु भएको थियो । त्यसपछि र्‍याली शहरको परिक्रमा गरी फ्रेन्ड्स ब्याप्टिस्ट चर्चमा पुगेर समापन भएको थियो । र्‍यालीमा जिल्ला मजिस्ट्रेट शमा परवीन, विधायक खगेश्वर राई र डा. प्रदीप कुमार वर्मा, सदर डिभिजनल गभर्नर तमजीत चक्रवर्ती, जलपाईगुडी नगरपालिकाका अध्यक्ष पपिया पाल, उपाध्यक्ष सैकत चटर्जी र अन्य उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement