“उज्ज्वल भारत उज्ज्वल भविष्य दृ विद्युत/२०४७” पालन गर्ने

IMG_20220724_232018.png

गान्तोक: “उज्ज्वल भारत उज्ज्वल भविष्य दृ विद्युत/२०४७” पालन गर्ने भएको छ। यो भारत सरकारको सार्वजनिक क्षेत्र उपक्रम एनएचपीसीले आजादीको अमृत महोत्सव अन्तर्गत २५ देखि ३० जुलाईसम्म देशले विद्युत क्षेत्रमा स्वतन्त्रतापछि आजसम्म हासिल गरेको उपलब्धि प्रस्तुत गर्नका साथै भारतले स्वाधीनताको १०० वर्ष मनाउने अवधिसम्म लक्ष्य परिकल्पना गर्न “उज्ज्वल भारत उज्ज्वल भविष्य दृ विद्युत/२०४७” पालन गर्नेछ।

देशको सबै ७६१ वटा जिल्ला अन्तर्गत दुई अलग-अलग स्थानमा यस सम्बन्धमा कार्यक्रमहरू आयोजन गरिनेछ भने ३० जुलाईको दिन समापन समारोहलाई प्रधानमन्त्री नरेन्द्र मोदीले परोक्ष रूपमा सम्बोधित गर्ने जानकारी पीआईबीले दिएको छ।

सिक्किमको निम्ति पनि सबै ६ वटा जिल्ला गरी १२ वटा स्थान चयन गर्नका साथै कार्यक्रमलाई सफल बनाउन शीर्ष अधिकारीहरू नियुक्त गरिएका छन्। कार्यक्रममा हालसम्मका उपलब्धिहरू प्रदर्शित गर्नका साथै जनमानसलाई सूचित एवं शिक्षित गराउन लघु वृत्तचित्रको प्रदर्शनीका अतिरिक्त सडक नाटक मञ्चन गरिनेछ।

यसका साथै ब्यानर, पोस्टर अनि स्ट्याण्डी आदि लगाउनका अतिरिक्त सांस्कृतिक कार्यक्रमहरू पनि आयोजन गरिनेछ। सबै गतिविधि भारत सरकारको विद्युत मन्त्रालयबाट प्राप्त निर्देश, सामग्री अनि भिडियोमाथि आधारित रहनेछ।

सिक्किम संस्करण अन्तर्गत २५ जुलाईको दिन उद्घाटन कार्यक्रम पूर्व सिक्किम अन्तर्गत पाकिमको सामुदायिक भवन र उत्तर सिक्किम अन्तर्गत मगनको जिल्ला पञ्चायत भवनमा आयोजन गरिनेछ। समापन कार्यक्रम ३० जुलाईको दिन नाम्चीको सरकारी वरिष्ठ उच्चतर स्कूलमा आयोजन गरिनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *