उत्तर दिनाजपुरः कोरोना महामारीका बेला देशका अन्य शैक्षिक संस्थाहरू बन्द हुँदा पश्चिम बंगालको उत्तर दिनाजपुर जिल्लामा बाल श्रमिक विद्यालयहरू पनि बन्द थिए। तर दुःखको कुरा के छ भने, कोरोना कम भएपछि देशका अन्य शैक्षिक संस्थाहरू खुले पनि उत्तर दिनाजपुरमा बालश्रमिक विद्यालय खोलिएका छैनन्। विद्यालय नखोल्दा ती विद्यालयमा पढाउने शिक्षकले रोजगारी संकटमा परेका छन्।
उत्तर दिनाजपुर जिल्लामा जम्मा ३९ बालश्रमिक विद्यालय छन्। प्रत्येक विद्यालयमा चार शिक्षक र एक व्यावसायिक प्रशिक्षक छन्। यी शिक्षकहरूले जिल्ला अधिकारीलाई पटक–पटक जानकारी दिँदा पनि बन्द विद्यालय खुल्न सकेको छैन। यी विद्यालयमा पढाउने करिब १७० शिक्षक अझै बेरोजगार छन्। यी शिक्षकहरूले यी विद्यालयहरू खोल्न माग गर्दै जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै जलेका विद्यालयहरू यथाशीघ्र खोल्न माग गरेका छन्।