सिक्किममा राज्यस्तरीय साकेवा पर्व

n5686907481703589170862c8f1260f8fc0d81cf55165c007eda692b57e05b22b9c7d366a5e429347a4606f.jpg

मुख्यमन्त्रीकाे भव्य स्वाग

गान्तोक: किराँत राई समुदायको साकेवा पर्वको अवसरमा नाम्चीमा आयोजित सिक्किम राज्यस्तरीय समारोहमा राई जातिका सिली नाचका साथ मुख्यमन्त्री पीएस तामाङलाई भव्य स्वागत जनाइयो।

अखिल किराँत राई संघ सिक्किमले नाम्चीमा राज्यस्तरीय साकेवा समारोह आयोजन गरेको छ। यस कार्यक्रममा सिक्किमका विभिन्न स्थानबाट किराँत राई समुदायका मानिसहरूको बाक्लो उपस्थिति रहेको छ।

साकेवा समारोहमा भाग लिनअघि मुख्यमन्त्रीले नाम्चीको सिङ्गीथाङमा निर्माण गरिने राई खिमको शिलान्यास गरे। मूल समारोह नाम्चीको किसान बजारमा आयोजना गरिएको छ। समारोह स्थल परिसरमा राई समुदायको संस्कृति परम्परामा आधारित प्रदर्शनी पनि राखिएको छ।

समारोहमा भाग लिन पुगेका मुख्यमन्त्री तामाङलाई आयोजक पक्षले नाम्ची सेन्ट्रल पार्कदेखि मूल कार्यक्रम स्थलसम्म विभिन्न सिली नाच प्रदर्शन गरी स्वागत जनाए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement