पश्चिम बंगाल मोटर वाहन मालिक एजेन्ट संघ को वार्षिक साधारण सभा आयोजित

ca7bace9-c9a6-495b-81f0-a3323add0021


जलपाइगढीः पश्चिम बंगाल मोटर वाहन मालिक एजेन्ट युनियनको वार्षिक साधारण सभा आज जलपाइगढीमा सम्पन्न भयो। संघको कार्यालयमा भएको बैठकमा जिल्लाका सदस्य तथा संगठनका प्रदेश नेतृत्वको सहभागिता रहेको थियो। यस साधारण सभामा सवारी चालकको कामलाई सहज बनाउन के गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो। साथै सरकारलाई कसरी पूर्ण सहयोग गर्ने भन्ने विषयमा पनि छलफल भएको छ। छलफलबाट गाउँका जनतालाई सेवा उपलब्ध गराउने कुरामा जोड दिइएको थियो।

गाउँगाउँबाट आएर आवश्यक कागजपत्र तयार गर्न समस्या भोग्नेलाई थप सहयोग गर्न पहल गरिएको छ।
बैठकमा ग्रामीण भेगका सवारी साधनका लागि कागजपत्र तयार गर्न ब्लक–ब्लकमा गएर कार्यशाला आयोजना गर्ने प्रस्ताव गरिएको संगठनका जिल्ला कमिटी उपाध्यक्ष मनोज झाले जानकारी दिनुभयो। बैठकमा जलपाइगढी सहर बाहेक जिल्लाका विभिन्न भागबाट संगठनका सदस्यहरूको सहभागिता रहेको थियाे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement