नाम्ची: आज सिक्किम कर्मापा समिति र नर्बु याङडुप छोलिङ गुम्पा प्रबन्धन समितिले संयुक्त रूपमा दक्षिण सिक्किम अन्तर्गत दिउ दामथाङमा एक सभाको आयोजना गऱ्यो। सभा गर्नुको मुख्य उद्देश्य तिब्बती बौद्ध धर्म कठिन समस्याहरूसँग संघर्ष विषय यूट्यूब च्यानलमा हालै प्रसारित भएको संदेशलाई फैलाएर बौद्ध धर्मावलम्बीहरू र आम मानिसहरूलाई सचेत गराउनु रहेको सिक्किम कर्मापा समितिका अध्यक्ष वाङ्दी छिरिङ लामाले बताए।
उक्त यूट्यूब च्यानल हेरेर १७औं ग्याल्वा कर्मापा विषय रहेको भ्रम हटाउने अनुरोध पनि गरे। यस सभामा नर्बु याङडुप छोलिङ गुम्पाको बढोतरी गर्न नयाँ गुम्पा निर्माणको लागि मुख्यमन्त्री पीएस गोलेसमक्ष माग पत्र पेश गर्ने पनि निर्णय लिएको छ।
यस क्रममा कर्मापाका दावेदार दावा साङ्पो दोर्जीलाई भेटघाट गरि कर्मापा विवाद विषय बुझ्न खोज्दा उनले सही कर्मापा जान्नको लागि जाँच गरिनु पर्ने र यो विवाद आफै हटेर जाने दाबी गरे। सो सभामा सिक्किम कर्मापा समितिका उपाध्यक्ष लाक्पा छिरिङ शेर्पा, महासचिव पेम्बा नामग्याल शेर्पा, कोषाध्यक्ष लाक्पा शेर्पा, जौं बारी र पर्विङका मानिसहरूको पनि उपस्थिति रहेको थियो।