गान्तोकमा राष्ट्रिय उपभोक्ता दिवस

IMG-20231226-WA0000.jpg

गान्तोक: सिक्किमको उपभोक्ता महासंघले , गान्तोकमा राष्ट्रिय उपभोक्ता दिवस २०२३ पालन गऱ्यो। सिक्किम सरकारको खाद्य र नागरिक आपूर्ति र उपभोक्ता मामिला विभागको सहयोगमा आयोजित एक दिवसीय कार्यक्रममा विवेक थापा र सन्तोष दाहाल लगायतका सम्मानित वक्ताहरूले आर्टिफिसियल इन्टेलिजेन्स र उपभोक्ता अधिकारको संरक्षणको अन्तरसम्बन्ध विषयहरूमा प्रकाश पारे। संघ उपाध्यक्ष सिर्जना खड़काले मौलिक उपभोक्ता अधिकारको बारेमा प्रकाश पार्दै दर्शकहरूलाई जागरुक बनाए। संघ ले सिक्किमका बाढ पीडितहरूलाई सहयोगको लागि व्यक्तिहरूलाई सम्मान गर्‍यो। डर्टी एन्जलस मोटरसाइकल क्लब, विकास थापा (अध्यक्ष, स्टार्स अफ होप एनजीओ), बसन्त प्रधान कोच, सिक्किम रनिङ ग्रुप, र कृष्ण छेत्री (अध्यक्ष, शान्तिनगर गाँउ सुधार समितिलाई सम्मान गरिएको थियो।

कार्यक्रमले गान्तोक र पाक्योङ जिल्लाका पन्ध्रवटा गैरसरकारी संस्थाका प्रतिनिधिहरूलाई सक्रिय सहभागिता र सहकार्यको वातावरण बनाएर काम गर्ने अपील गरेको छ। विशेष अतिथि सिङ्ताम सरकारी सिनियर सेकेण्डरी स्कुलकी विद्यार्थी अमिषा कामीले देशभक्ति गीत प्रस्तुति दिएर उपस्थितहरूलाई मोहित पारे। संघ का अध्यक्ष सुरेश के. लामाले आफ्नो सम्बोधनमा राज्यभर उपभोक्ता अधिकारको बारेमा चेतना बढाउन सहभागीहरूलाई आहार प्रकट गरे। उनले सबै गैरसरकारी संस्थाहरूलाई उनीहरूको समर्पित संलग्नताको लागि धन्यवाद दिए। प्रमुख अतिथि छुमकिला लेप्चाले कार्यक्रमको लागि एफसीएएसको प्रशंसा गरिन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement