राजभवनमा अटल बिहारी बाजपेयी र पण्डित मासवीय जयन्ती पालन

IMG-20231225-WA0287.jpg

गान्तोक: आज राजभवनमा भारतरत्न पूर्व प्रधानमन्त्री अटल बिहारी बाजपेयी र पण्डित मालवीयको जन्म जयन्ती पालन गरियो। यस अवसरमा राज्यपाल लक्ष्मण प्रसाद आचार्यले स्व. बाजपयी र मालवीयको तस्विर अघि दीप प्रज्वलन अनि माल्यार्पण गरे।

राज्यपालले आजको महत्वमाथि प्रकाश पार्दै आजको दिन भारतका दुई महान व्यक्तित्व, भारत रत्न अटल बिहारी वाजपेयी र काशी विश्वविद्यालयका संस्थापक पण्त मदन मोहन मालवीयको जन्म भएको बताए। देशका पूर्व प्रधानमन्त्री स्व. अटल बिहारी बाजपेयले भारतको समग्र विकास गरेको अनि स्व. मदनमोहन मालववीयले काशी विश्वविद्यालयको स्थापनामा महत्वपूर्ण भूमिका रहेको राज्यपालले बताए। यस अवसरमा राजभवनका अधिकारीहरू साथै कर्मचारीले सहभागिता जनाएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement