नयाँ दिल्ली: प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार बिहान १०:३० बजे नयाँ दिल्लीको भारत मण्डपममा ‘वीर बाल दिवस’ को अवसरमा आयोजना हुने कार्यक्रममा भाग लिनेछन्। यस अवसरमा प्रधानमन्त्रीले दिल्लीमा युवाहरूको मार्च-पास्टलाई हरियो झण्डा देखाउनेछन्। प्रधानमन्त्री कार्यालय (पीएमओ)द्वारा सोमवार जारी बयान मार्फत उपरोक्त आशयको जानकारी गराइएको छ। बयानमा भनिएको छ, यस दिनलाई चिन्हित गर्नको लागि सरकारले नागरिकहरू विशेष ससाना बालबालिकाहरूलाई साहिबजादाहरूको अनुकरणीय वीरताका कथाहरूको बारेमा जानकारी गराउन तथा शिक्षित गर्नको लागि सारा देशभरि नै कार्यक्रमहरू आयोजना गरिरहेको छ। साहिबजादाहरूको जीवन कथा अनि बलिदानको विवरण दिन एक डिजिटल प्रदर्शनी देशभरिका स्कूल अनि बाल हेरचाह संस्थानहरूमा प्रदर्शन गरिनेछ। ‘वीर बाल दिवस’माथि आधारित चलचित्र पनि देशभरि प्रदर्शन गरिनेछ। साथै इन्टऱ्याक्टिभ क्विज जस्ता विभिन्न अनलाइन प्रतियोगिताहरू पनि आयोजना गरिनेछ जुन माई भारत तथा माई गाउँ पोर्टलको माध्यमबाट आयोजना गरिनेछ। उल्लेखनीय छ, ९ जनवरी २०२२ मा श्री गुरू गोबिन्द सिंहको प्रकाश पर्वको दिन प्रधानमन्त्रीले घोषणा गरेका थिए, २६ दिसम्बरमा श्री गुरू गोबिन्द सिंहका पुत्रहरू साहिबजादाद्वय बाबा जोरावर सिंह र बाबा फतेह सिंहको शहादतलाई चिन्हित गर्नको लागि ‘वीर बाल दिवस’ को रूपमा मनाइनेछ। -हिस