सांसद राजु विष्टद्वारा मिलन मोडका जनतालाई स्वास्थ्य सेवाको लागि एम्बुलेन्स प्रदान

IMG-20231225-WA0283.jpg

सिलगढी: दार्जीलिङका सांसद राजु विष्टले आज मिलन मोडका जनतालाई स्वास्थ्य सेवाको लागि एम्बुलेन्स प्रदान गरेका छन्। उनले योभन्दा अघिको आफ्नो भ्रमणामा गरेको वाचा पूरा गर्दै एम्बुलेन्स प्रदान गरेका छन्। उक्त एम्बुलेन्स प्रदान गरेपछि सांसद राजु विष्टले एक प्रेस विज्ञप्ति जारी गरी बताए ‘आफ्नो मेरो अन्तिम भ्रमणमा मैले मिलन मोडका जनतालाई एम्बुलेन्स उपलब्ध गराउने वाचा गरेको थिएँ, ताकि आकस्मिक स्वास्थ्य आवश्यकता परेकाहरूलाई सजिलै अस्पताल पुर्‍याउन सकोस्। आज मधुर मिलन संघलाई एम्बुलेन्स हस्तान्तरण गरेको जानकारी पाउँदा खुशी लागेको छ।’

सांसद राजु विष्टले अघि भने, ‘हाम्रो क्षेत्रका प्रत्येक गाउँ राम्रो सडकले जोडिएको, हरेक पञ्चायत समितिमा राम्रो अस्पताल हुनुपर्छ, प्रत्येक ब्लक र जिल्ला अस्पतालमा उत्कृष्ट डाक्टरहरू र आधुनिक उपकरणहरू जडान हुनुपर्छ भन्ने कुरा सुनिश्चित गर्ने मेरो लक्ष्य छ। म विश्वस्त छु, म हाम्रो क्षेत्र र जनताको लागि मेरो दृष्टिकोण पूरा गर्न सक्षम हुनेछु।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement