दार्जीलिङ: आगमी लोकसभा चुनावबारे हाम्रो पार्टीले अहिलेसम्म केही नसोचेको पार्टी महासचिव फुतेम्बा भूटियाले बताएका छन्।शहरको माल रोडस्थित हाम्रो पार्टी केन्द्रीय कार्यालयमा पार्टी केन्द्रीय महासचिव फुर्तेम्बा भूटियाले बताए अनुसार गत केही दिन अघिदेखि सामाजिक सञ्जालहरूमा लोकसभा चुनाव लिएर हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सको नाममा विभिन्न प्रकारको अडकलबाजीहरू गर्दै आईरहेका छन् तर ती सबै अड्कलबाजीहरू सबै झूटो रहेको बताउँदै लोकसभा चुनावबारे हाम्रो पार्टीले अहिले नै केही नसोचेको तिनले बताए।तिनले यसबारे भने, लोकसभा चुनाव भनेको साधारण चुनाव होइन, हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सको नाम यसरी नै ल्याउन कदापी उचित होइन। यस्तो अफवाह र उडन्ते खबरहरूले पार्टीसँगसँगै पार्टी कार्यकर्ता एंव समर्थकहरूको मनमा चोट लाग्नेछ छ।’
उनले अघि भने, ‘हाम्रो पार्टीमाथि समस्त पहाड तराई डुवर्स एंव गोर्खा सन्तानहरूले जो आस्था र भरोसा राखेको छ। त्यस आस्था र भरोसामाथि आघात पुग्नेछ।
तिनले अझ भने, २०२४ को लोकसभा चुनावलाई लिएर हामीले कुनै निर्णय एंव घोषणा गरेका छैनौं। यदि हामीले चुनावबारे घोषणा एंव निर्णय लिनु परेको खण्डमा गोर्खा जाति र यस क्षेत्रवासीको हितमा हाम्रो पार्टी केन्द्रीय कमिटीले लिएको हुनेछ साथै यस क्षेत्रको सुख, शान्ति अनि राजनैतिक न्यायको हितमा हाम्रो पार्टीले निर्णय लिनेछ।’
यस अवधि हाम्रो पार्टी केन्द्रीय महासचिव केन्द्रीय कार्यकर्ता एंव सभासद प्रतिम सुब्बा, केन्द्रीय कमिटी कार्यकर्ता एंव सभासद सन्नी बम्जन अनि सजीप लामा साथमा उपस्थित थिए।