१० करोड मूल्यको याबा ट्याबलेटसहित पाँचजना पक्राउ

Hand-Cuff-3-1

कछार: सिलचरमा १० करोड मूल्यको याबा ट्याबलेटको साथमा पाँचजना तस्करलाई सुरक्षा बलहरूले पक्राउ गरेको छ। जानकारीअनुसार, एक गुप्त सूचनाको आधारमा कारबाही गर्दै कछार पुलिसले बीएसएफसॅंग मिलेर खोजी अभियान चलायो। अभियानमा सिलचरको चलछपरा क्षेत्रबाट १० करोड रुपियाँ मूल्यको याबा ट्याबलेट लिएर छिमेकी राज्यबाट आइरहेको एउटा वाहनलाई जफत गरियो। यस क्रममा पाँचजनालाई पक्राउ गरिएको छ। उक्त जानकारी मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले आज सोशियल मिडियाको माध्यमद्वारा दिएका छन्। -हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement