म गलत समयमा खेलकुदमा थिएँ: अन्जु बबी जर्ज

Anju-Bobby-George-copy

नयाँ दिल्ली: प्रधानमन्त्री नरेन्द्र मोदीले क्रिसमसको अवसरमा दिल्लीमा ईसाई समुदायका मानिसहरूसित भेटे गरे। प्रधानमन्त्री निवासमा कार्यक्रम आयोजना गरिएको थियो। यस क्रममा बालबालिकाले विशेष प्रस्तुति दिए। भारतकी दिग्गज एथलीट अन्जु बबी जर्ज पनि त्यहाँ थिइन्। उनले छोटो भाषण दिइन्, र प्रधानमन्त्री मोदीको प्रशंसा गरिन्। सोही क्रममा उनले कांग्रेस पार्टीलाई पनि कटाक्ष गरिन्। त्यसपछि अन्जु बबी जर्जले प्रधानमन्त्रीको प्रशंसा गर्दै भनिन्, ‘खेलो इण्डिया, फिट इण्डिया मार्फत अहिले जताततै खेलकुदको चर्चा भइरहेको छl भारत अहिले फिटनेसलाई अपनाउदै खेलकुदमा अगाडि बढिरहेको छ। हाम्रा खेलाडीहरूले अन्तर्राष्ट्रिय स्तरमा राम्रो प्रदर्शन गरिरहेका छन्। हाम्रो पालामा एक–दुई खेलाडी हुन्थ्यो। अहिले धेरै खेलाडी छन्। तपाईको नेतृत्वले गर्दा यस्तो भएको हो। महिला सशक्तिकरण अब शब्द मात्र होइन। भारतका केटीहरू सपना देख्छन्। उनीहरूलाई थाहा छ, उनीहरूको सपना साकार हुनेछ। हामी सन् २०३६ ओलम्पिकको आयोजना गर्न तयार भएकोमा धेरै खुशी छौं। हामीले ओलम्पिकको तयारी थालिसकेका छौं, र त्यसका लागि बैठकहरू पनि भइरहेका छन्l’ अन्जु बबी जर्जले सन् २००३ को पेरिस विश्व एथलेटिक्स च्याम्पियनशिपमा इतिहास रचिन्। उनले लङ जम्पमा काँस्य पदक जितिन्। यो उपलब्धि हासिल गर्ने उनी भारतकी पहिलो खेलाडी हुन्। उनले विश्व एथलेटिक्स च्याम्पियनसिपमा ६.७० मिटर जम्प गर्दै पदक जितेकी हुन्।


About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement