जम्मू: पुँछमा सेनाका दुईवटा वाहनहरूमाथि भएको आतंकवादी आक्रमण पश्चात जम्मू सम्भागको वर्तमान अवस्थाको समीक्षा गर्नका लागि सेना प्रमुख जनरल मनोज पाण्डे सोमबार राजौरी पुगेका छन्। सेना प्रमुखले राजौरीको धरतालीय स्थितिको समीक्षा गरे। सेनाका वरिष्ठ अधिकारीहरूले उनलाई आतंकवाद विरोधी अभियान अनि सुरक्षा ग्रिडलाई सशक्त बनाउनको लागि उठाइएका कदमहरूको बारेमा जानकारी गराए। सीमावर्ती जिल्ला पुँछको सूरनकोट क्षेत्रस्थित डेराको गली र बुफलियाजमाझ अवस्थित एक तीव्र मोडमा गएको बिहीबार सेनाको दुईवटा वाहनमाथि घात लगाएर बसेका आतंकवादीहरूले हमला गरेका थिए, जसमा पाँचजना सैनिकहरू शहीद भएका थिए। उक्त घटना पश्चात पुँछमा आतङ्कवादीहरूको बारेमा पत्तो लगाउनको लागि व्यापक खोजी अभियान संचालन भइरहेको छ। वर्तमान अवस्थाको जानकारी लिनका लागि सेना प्रमुख सोमबार जम्मू पुगे। पछि फेरि सुरक्षा बलहरूको परिचालन तयारी अनि वर्तमान सुरक्षा स्थितिको समीक्षा गर्नका लागि राजौरी-पुँछ सेक्टर तर्फ प्रस्थान भए।
राजौरी पुगेर सेना प्रमुखले धरातलीय स्थितिको समीक्षा गरे। सेना प्रमुख जनरल मनोज पाण्डेले पुँछ सेक्टरको भ्रमण गरे भने यस अवधि उनलाई वर्तमान स्थितिको बारेमा जानकारी गराइयो। उनले कमाण्डरहरूसित प्रत्यक्ष बातचित गरे अनि कमाण्डरहरूलाई पेशावर ढङ्गमा अपरेशन संचालन गर्ने तथा सबै चुनौतीहरूविरूद्ध दृढ़ एवं स्थिर रहनका लागि प्रोत्साहित गरे।
उत्तरी कमानका जनरल अफिसर कमाण्डिङ्ग-इन-चीफ लेफ्टिनेन्ट जनरल उपेन्द्र द्विवेदी, जम्मूस्थित व्हाइट नाइट कोरका जनरल अफिसर कमाण्डिङ्ग लेफ्टिनेन्ट जनरल सन्दीप जैन औ वरिष्ठ नागरिक प्रशासन एवं पुलिस अधिकारीहरू आतंकवाद विरोधी अभियान, कानून एवं व्यवस्था कायम राख्ने अनि निगरानीको लागि राजौरी र पुँछ दुवै जिल्लामा डेरा हालेर बसेका छन्। अधिकारीहरूले भने, ‘घटनास्थल नजिक व्यापक मात्रामा खोजी अभियान जारी छ, जसमा सूरनकोट र नजिकैको राजौरी जिल्लाको थानामण्डी जङ्गल सामेल छ। पुँछ र राजौरीमा आज लगातार तेस्रो दिन पनि मोबाइल इन्टरनेट सेवा बन्द रह्योl’