राज्यपालले पुगल परिमको शुभकामना दिए

IMG-20230221-WA0363.jpg

गान्तोक: सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले पुगल परिमको शुभ अवसरमा सिक्किमवासीहरू विशेष रूपमा भुजेल समुदायमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।

राज्यपालले आज जारी आफ्नो सन्देशमा भनेका छन्, म सिक्किममा भुजेल समुदायद्वारा मनाइने महत्वपूर्ण चाड पुगल परिमको अवसरमा सम्पूर्ण सिक्किमवासीहरूलाई हार्दिक शुभकामना दिॅंदछु।

यो मंगशीर पूर्णिमादेखि पंचमीसम्म पॉंच दिवसीय उत्सव हो जसमा संरक्षक देवी देवताहरूको पूजा गरिन्छ। हर्षोल्लासले मनाइने यो पर्वमा पैतृक परम्पराहरूके सम्मान गर्ने र राम्रो फसलका लागि प्रकृतिप्रति आभार प्रकट गरिन्छ।

राज्यपालले यस शुभ अवसरमा सम्पूर्ण सिक्किमवासीहरूको निम्ति सुख, समृद्धि र राम्रो स्वास्थ्यको कामपना गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement