खरसाङ क्षेत्रमा क्रिसमस हर्षोल्लासको साथमा पालन

IMG-20231225-WA0276.jpg

खरसाङ: प्रभु येशु ख्रीष्टको जन्मदिनको अवसरमा पालन गरिने क्रिसमस खरसाङ क्षेत्रको विभिन्न चर्चहरूमा हर्षोल्लासको साथमा पालन गरिएको छ। खरसाङको विभिन्न चर्चहरूमा २४ दिसम्बरको रातीदेखि नै क्यारोलका गीतहरू गाउँदै र विभिन्न अात्मिक कार्यक्रमहरू आयोजना गरी पालन गरिएको छ। यसै क्रममा खरसाङको पंखाबारी रोडस्थित सन्त एन्ड्रयु चर्चमा पनि धुमधामले क्रिसमस पालन गरिएको छ। यस अवसरमा २४ दिसम्बर राती क्याण्डल नाइट सर्भिस सम्पन्न भएको छ जसमा यस चर्चको विश्वासीहरूले बाईबलको पदको साथमा क्याण्डस बालेर क्रिसमस पालन गरेका थिए भने क्रिसमसको राती सामुहिक रूपमा क्यारोलका गीतहरू गाएर क्याण्डल नाइट कार्यक्रम सम्पन्न गरेका थिए। त्यसरी प्रार्थना पनि गरिएको थियो। त्यसरी नै आज २५ दिसम्बरको दिन बाहिनदेखि चर्चमा क्यारोल गीतहरू साथै सांगीतिक र विभिन्न आध्यात्मिक कार्यक्रमहरू आयोजना गरिएको थियो। यसको साथै चर्चको पास्टर शिशिर रोंगोंगद्वारा क्रिसमसको अवसरमा बाईबलबाट वचन प्रचार गरेका थिए भनी रवि तोलङ्गीले जानकारी दिएका छन्। त्यसरी नै गत वर्षहरू झैं यस वर्ष पनि खरसाङको सन्त पावल चर्चमा क्रिसमस पर्व धुमधामले पालन गरिएको छ। हिजो २४ दिसम्बरको रातीदेखि नै पालन गरिएको क्रिसमस आज २५ दिसम्बरको दिन धुमधामले पालन गरिएको छ। यस अवसरमा २४ दिसम्बरको राती पवित्र प्रार्थना साथै ईश्वरीय आराधनाको साथमा हर्षोल्लासको साथमा क्रिसमस पालन गरिएको छ।

यस अवसरमा खरसाङको सन्त पावल चर्चको पल्ली पुरोहित फादर पिटर जोङक अगुवाईमा सम्पन्न प्रार्थना तीन चरणमा बाढिएको थियो। प्रथममा पाप स्वीकार संस्कार, दोस्रो चरणमा युवाहरूद्वारा क्यारोल गीतहरू प्रस्तुत गरिएको थियो। त्यसरी नै तेस्रो चरणमा मिस्सा बलिदान जसमा फादर पिटर र फादर केबीन अनि फादर देवदासले मिस्सा बलिदान ग्रहण गरेका थिए। यस अवसरमा इसाईहरू लगायत अन्यहरू पनि उपस्थित रहेका थिए। प्रार्थना सभाको अन्त्यमा धन्यवाद दिने क्रममा पल्ली पुरोहित फादर पिटरले बंगालकी मुख्यमन्त्री, जीटीए चिफ् अनित थापा, पुलिसकर्मीहरू र अन्य सबैलाई क्रिसमसको शुभकामना दिन्दै धन्यवाद दिएका छन्। सन्त पावल चर्च खरसाङमा पालन गरिएको क्रिसमस विषयमा चर्चको कार्यकारी सदस्य सुधीर भित्रीकोटीले विस्तृत रूपमा बताएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *