कोलकाताः बर्दवान जिल्लाको दुर्गापुरमा सोमवार एक लोकप्रिय मिठाईको दोकानको स्टोर रूममा आगो लाग्दा दुई जनाको मृत्यु भयो जबकि अन्यलाई गम्भीर अवस्थामा बचाइएको छ। एलपीजी ग्यास सिलेन्डरबाट ग्यास लिक भएको कारण यिनीहरूको मृत्यु भयो, जो त्यही स्टोर रूममा राखिएको थियो। सोमवार बिहान दुई शव भेटियो जबकि अन्य छह जनालाई गम्भीर अवस्थामा बचाइयो। दुवै मृतकहरूको पहिचान बिधान मण्डल (२१) र तनु रूइदास (२२) को रूपमा गरिएको छ। सबै मृतक र घाइते पश्चिम बंगालको बांकुड़ा जिल्लाको बेलियाटोरको निवासी हुन्।
स्थानीय पुलिस सूत्रहरू अनुसार, दुर्घटना सम्भवतः आइतवार अबेर राति भयो। एक स्थानीय पुलिस अधिकारी अनुसार, कर्मचारीहरूमध्ये एकले मुर्छा पर्नअघि मिठाईको दोकान मालिकलाई एक एसओएश कल पठाएको थियो। घटनास्थलमा पुगेको मालिकले स्टोर रूमको दैलो भित्रबाट बन्द रहेको पायो र बारम्बार दैलो ढकढाउँदा पनि कुनै प्रतिक्रिया आएन। यसपछि मालिकले आफ्ना सहयोगीहरूको मद्दतले दैलो भत्काए र स्थानीय पुलिस स्टेशनलाई पनि सूचित गरे। दुई जनाको शव भेटिएको छ र अन्य छहलाई अस्पातलमा स्थानान्तरित गरियो। प्रारम्भिक जाँचमा कम हवादार स्टोर रूममा ग्यास लिक हुनु दुर्घटनाको मुख्य कारण हो भनी थाहा लागेको छ।
-हिस