ओदलाबारीदेखि गजलदोबा जाने सवारी साधनमा रोक

Bengal

मालबजार: गजलदोबा पर्यटकीय क्षेत्रमा चरम ट्राफिक जामका कारण ओदलाबारीबाट गजलडोबा जाने चारपाङ्ग्रे सवारीसाधन अहिले आवतजावतमा रोक लगाइएको छ । माल पुलिस थानाका ट्राफिक ओसी देवजित बोसको नेतृत्वमा ओदलाबारी क्रान्ति मोरमा जाम रोक्न पुलिस ब्यारिकेडिङ लगाइएको छ । ट्राफिक व्यवस्था सामान्य नहुँदासम्म ओदलाबारीदेखि गजलदोबा जाने सवारी साधन आवतजावतमा रोक लगाइएको पुलिस स्रोतले जनाएको छ । गजलडोबा पर्यटकीय क्षेत्रमा हरेक वर्ष क्रिसमसको अवसरमा हजारौँको संख्यामा पर्यटक आउने गरेको उल्लेख छ । जसका कारण ट्राफिक जामको समस्या कायमै छ ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement