३० लाख रूपियाँको सयगुनको दाउराको साथ एक आरोपी पक्राउ

जलपाईगढ़ी: आज लगभग ३० लाख रूपियाँको सयगुनको दाउराको साथ एक आरोपीलाई बैकुण्ठपुर डिवीजनको बेलाकोबामा रेञ्जका वन कर्मीहरूले पक्राउ गरेको छ। पक्रा परेको आरोपितको पहिचान हरियाणा निवासी मोहम्मद एखलासको रूपमा गरिएको छ।
बेलाकोबा रेञ्जका रेञ्जर संजय दत्तबाट प्राप्त जानकारी अनुसार, सूचनाको आधारमा आज बिहान सिलगढ़ी-जलपाईगढ़ी राष्ट्रिय राजमार्गमा राजगंजको करतोया क्षेत्रमा एक अभियान चलाइयो। यस अवधिमा असमबाट आईरहेको एउटा ट्रकलाई रोकेर तलाशी लिइयो। तलाशी लिएको समय ट्रकबाट ३० लाख रूपियाँको सयगुनको दाउरा जफत गरियो। जसपछि ट्रक चालकलाई पक्राउ गरियो। ट्रक चालकसित सोधपुछ गर्दा वन विभागलाई थाहा लाग्यो कि सयगुनको दाउरा असमबाट कोलकाता लगिन्दैथियो। आरोपित ट्रक चालकलाई सोमवार जलपाईगढ़ी अदालतमा पेश गरिनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *