खरसाङ: खरसाङ महकुमा अन्तर्गत रोहिणी रत्ने ड्याङ अनुग्रह चर्चको आयोजनामा बड़ा क्रिसमस धुमधामले पालन गरियो। बड़ा क्रिसमस किन मनाइन्छ यस विषयमा अनुग्रह चर्चको पास्टर गुल्सन बराइलीले प्रकाश पारेका थिए। उक्त क्रिसमस कार्यक्रममा नानीहरूले गीत, नृत्य र नाटक प्रस्तुत गरेका थिए। कार्यक्रममा धन्यवाद ज्ञापन पास्टरनी आमा अनिमा बराइली गरेका थिए भने आजको कार्यक्रमको सञ्चालन भाईचुङ लेप्चाले गरेका थिए सुन्दर राईले जानकारी दिएका छन्।