महिलाले बनाइन् राम मन्दिरको थिममा क्रिसमसको केक

ram-mandir-theme-cake.jpg


सिलगढी: आज देशभर क्रिसमस पर्व मनाइँदैछ। सिलगढीका एक केक कलाकारले राम मन्दिरको थिममा क्रिसमस केक बनाएकी छन्। केक आर्टिस्ट प्रियंकाले मिडियासँग कुरा गर्दै भनिन्, ‘हामी सबैलाई थाहा छ, राम मन्दिरको उद्घाटन २२ जनवरीमा हुन लागेको छ। म सधैं यससँग सम्बन्धित केही गर्न चाहन्थे। म केक कलाकार भएकोले राममन्दिर थिमको केक बनाएकीछुl’ अयोध्यामा भगवान श्रीरामको मन्दिरको अभिषेकको तयारी तीव्र रुपमा भइरहेको छ। दिसम्बरको  अन्त्यसम्ममा पहिलो तलाको फिनिसिङ र निर्माण सम्पन्न हुने राम मन्दिर ट्रष्टको दाबी छ। इन्जिनियरको निगरानीमा आठ घण्टाको तीन सिफ्टमा मन्दिर निर्माणको काम तीव्र गतिमा भइरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement