भारत-बांग्लादेश सीमाबाट एक बांग्लादेशी तस्कर पक्राउ

IMG-20230528-WA0320-5-300x172-7

जलपाइगढ़ीः जिल्लामा भारत-बांग्लादेश सीमामा तैनात उत्तर बंगाल फ्रन्टियरको सिलगढ़ी सेक्टर अन्तर्गत सीमा सुरक्षा बल (बीएसएफ) को १५औं बटालियनको बीओपी महादेवका सतर्क सीमा जवानहरूले एक बांग्लादेशी तस्करलाई पशुहरूको साथ पक्राउ गरेका छन्। पक्रा परेको बांग्लादेशी तस्करक नाम मोहम्मद शकील (२१) बताइएको छ।

प्राप्त जानकारी अनुसार, मोहम्मद शकीललाई सीमा जवानहरूले त्यस समय समाए जब तस्कर बीओपी महादेवको बाड़न भएको क्षेत्रबाट पशुहरूलाई भारतदेखि बांग्लादेशसम्म तस्करी गर्ने प्रय़ास गरिरहेको थियो। बांग्लादेशी तस्करदेखि चार पशु, एक मोबाइल फोन र ३०० बांग्लादेशी टाका जफत गरिएको छ। पक्रा परेको बांग्लादेशी तस्करलाई जफत समानको साथ अघिको कारबाहीको निम्ति कोतवाली थानालाई सुम्पिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement