खरसाङ: खरसाङ महाविद्यालयका सहायक प्राध्यापक डा शङ्कर प्रसाद शाहले स्थानीय लिस्याइलो चामल र पृथकीकृत स्वदेशी खमीरको उपयोगद्वारा एउटा व्यवसायजीवी खमीर केक विकसित गरेका छन्। उक्त उत्पाद डा. शङ्करलाई २०२१ मा प्रदान गरिएको ३० लाखभन्दा धेरैको एसइआरबी-डिएसटी प्रायोजित परियोजनाका कारण विकसित गरिएको हो। डा. शङ्कर प्रसाद शाह र उनका शोधार्थी सुमित प्रसाद शाहले अमाइलोलिटिक येस्ट केकको विकासका निम्ति कडा परिश्रम गरेका छन्। नमुना सङ्कलनका निम्ति उनीहरूले उत्तर बङ्गालका सबै जिल्ला, जिल्ला वरिपरिका सबै गाउँ र हाटहरूको भ्रमण गरेका छन्।
यस प्रकारको खमीर केक मदिरा तथा रक्सी बनाउने असल क्षमता भएका स्थानीय किण्वित खाद्यहरूदेखि पृथक राखिएका विशुद्ध खमीरको छनौटबाट तयार पारिन्छ। स्थानीय लिस्याइलो चामल र केही जडीबुटीहरूसँगै छनुवा खमीरहरू खरसाङ महाविद्यालयको खाद्य सूक्ष्म जीव प्रयोगशालमा डा. शङ्कर प्रसाद शाहको नेतृत्वमा तयार पार्ने गरिन्छ। खाद्य सूक्ष्म जीव प्रयोगशालाले विभिन्न आकार, आकृति र सूक्ष्म जैविक संयोजनका साथ पाँच प्रकारका खमीर विकसित गरेका छन्।
डा शङ्कर अनि उनको टिमले स्थानीय जात र जातिका मानिसहरूलाई केही अमाइलोलिटिक खमीर केक सुम्पेका छन् जो आफ्नो स्थायी आजीविका र आर्थिक उत्पादनका निम्ति स्थानीय गाउँ र हाटहरूमा यस प्रकारका खमीर केक बनाउन र बेच्नमा व्यस्त छन्। डा. शङ्करले जातीय समूहहरूले यस प्रयोगशाला आधारित खमीरका पृथक प्रकारहरू उपयोग गरेर खमीर केक तयार पार्छन् भने यसले स्वास्थ्यका निम्ति लाभकारी व्यावसायजीवी विशेषताले युक्त श्रेष्ठ गुणवत्ता र बास्ना भएको उत्पाद दिँदछ भनी बताएका छन्।
यस उत्पादको विकासद्वारा जातीय समूहहरूको विक्रय र आयमा वृद्धि हुन सक्छ। डा. शङ्कर प्रसाद शाह अनि उनका दलले अनुसन्धानलाई प्रयोगशालाबाट भूमिमा रूपान्तरण गरेका छन् अनि अनुसन्धानलाई केवल प्रयोगशालासम्म मात्र सीमित राख्नु हुँदैन। यसले क्षेत्रमा विस्तार भएर वृहत् रूपमा समाज र मानिसहरूलाई लाभान्वित गर्नेछ भन्ने प्रमाणित गरेका छन्।
आउँदो भविष्यमा डा शङ्कर प्रसाद शाह भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसआईटड) को अनुमोदनसँगै वैज्ञानिक प्रक्रियाद्वारा विकसित यसलाई बजारमा बिक्री गर्न सकियोस् भनी खमीर केकको व्यावसायीकरण गर्न चाहन्छन्। यसले उत्तर बङ्गालका जातीय मानिसहरूको आयलाई बढाउनेछ र यही नै यस परियोजनाको प्राथमिक उद्देश्य पनि हो। यस किसिमको अनुसन्धान कार्यले निश्चय नै समाजलाई वृहत् रूपमा सहायता गर्नेछ भनी डा. शङ्कर प्रसाद शाहले बताएका छन्। डा शङ्कर प्रसाद शाहले एसइआरबी-डीएसटीलाई (DST- SERB, Govt. of India) यस अनुसन्धान कार्यका निम्ति ठूलो राशि अनुदान गरेकोमा धन्यवाद दिएका छन्। उनले खरसाङ महाविद्यालयका प्राचार्य डा समीर बललाई पनि परियोजनाको समय सबै प्रकारका सहयोग र समर्थन दिएकोमा धन्यवाद दिएका छन्। यसको साथै उनले गाउँका मानिसहरूलाई धन्यवाद दिएका छन् जसको कारण यो सम्भव र सफल हुन सक्यो।