अलिपुरद्वारः क्रिसमसअघि अलिपुरद्वारको बड़ाबजारमा भीषण आगो लागेको छ। यस आगलागीमा बजारको एउटा ठूलो दोकान जलेर खरानी भयो। दमकलकर्मीहरू र स्थानीय मानिसहरूको प्रयासले बजारका अन्य दोकानहरूलाई बचाइयो। आगो लाग्दा बजारमा भागदौड़ मचियो।
प्राप्त जानकारी अनुसार, राति लगभग दुई बजी बजारको एक नाइट गार्डले अलिपुरद्वारको बड़ाबजार क्षेत्रमा एक खेलौना र सौन्दर्य प्रसाधनको दोकानबाट धुवाँ निस्केको देख्यो। हेर्दा हेर्दै पूरा दोकानमा आगो लाग्यो। यसपछि नाइट गार्ड चिच्याउँदा स्थानीय मानिसहरू घटनास्थलमा आए। सूचना पाएर दमकलका तीन गाड़ी घटनास्थलमा पुग्यो। दमकल कर्मीहरूले लगभग तीन घण्टाको अथक प्रयासपछि आगो निभाए। स्थानीय मानिसहरू र व्यापारीहरूले पनि दमकलकर्मीहरूको सहयोग गरे। यस आगलागीमा दोकानको तीन तला जलेर खरानी भयो।
जानकारी अनुसार, क्षतिग्रस्त दोकानमा नानीहरूको खेलौना र सौन्दर्य प्रसाधनको समान राखिएको थियो। प्रारम्भिक जाँचपछि दमकल कर्मीहरूले अनुमान लगाए कि आगो सटसर्किटको कारण लागेको हुनसक्छ। खबर लेखिञ्जेलम्म यस आगलागीमा भएको नोकसानको सठीक आंकलन हुनसकेको थिएन।