राष्ट्रिय राजमार्गमा गाडीको ठक्करबाट एक वृद्धाको मृत्यु

43f3039c-627c-44dd-8327-55f23f4ea8e6

जलपाइगढी: सडक दुर्घटनामा एक वृद्ध महिलाको घटनास्थलमै मृत्यु भएको छ। घटना सोमबार बिहान करिब ११:१५ बजे जलपाइगढी सर्किट बेन्चको निर्माणाधीन भवनको छेउमा भएको थियो। स्थानीय स्रोतका अनुसार राष्ट्रिय राजमार्ग पार गर्ने क्रममा उनलाई एउटा गाडीले ठक्कर दिएको थियो। घटनाको जानकारी पाएपछि ट्राफिक पुलिसले करिब ११:३० बजे शव निकालेर पोस्टमार्टमको लागि जलपाइगढी मेडिकल कलेजमा पठाएको थियो। पुलिस स्रोतका अनुसार मृतक महिलाको नाम बिन्ता रोय हो, जो पहारपुर जमिन्दारपारा क्षेत्रकी थिइन्। बिन्ता रोय विभिन्न घरमा काम गर्ने गरेको स्थानीयको दाबी छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement