रगलीमा रक्तदान शिविर

00cbbd2c-3ab8-41ae-8c11-8731b6abb899

रगलीः हिज बर्ष २०२३ को अन्तिम सप्ताह। साह्रै घमाईलो रमाइलो र सुन्दर दिन थिएछ। सुन्दर साईत थिएछ। बिहान अधिक चिसो भएता पनि जतिजति दिन ढल्किँदै जान्छ उतिउति मौसमले पनि न्यानोपनको घुम्टो ओडेर हामी सबै सबैलाई खुशी र आनन्द तुल्याएको थियो। बटकेशवर जन कल्याण समिति र जीवन ज्योति फाउण्डेसनको अथक प्रयासमा यति छोटो समयावधिमा आरम्भ गरिएको रक्तदान शिविरले एउटा इतिहास रच्यो। जसले सोचे भन्दा अधिक रक्तदान गर्ने जमातको भीडले उत्सुकता र जाँगरको एउटा सिंगो र जोसिलो क्षण थियो। सायद रगली बजारस्थित बटकेशवर शिवालय मन्दिर परिसर र गुम्बा परिसरमा साक्षात्कार र धार्मिक भूमि भएकोले यस कार्यलाई फत्ते गर्न साहस र आँटले असम्भव कार्यलाई सम्भव तुल्याएको प्रमाणित भएको महसुस गरियो। रक्तदान गर्न भन्दा पहिले ईश्वरलाई साक्षी राखेर मुख्य अतिथि देवकुमार छेत्रीको बाहुलीबाट दीप प्रज्ज्वलन गरियो। जसमा बटकेशवर जनकल्याण समितिका अध्यक्ष दिनेश अग्रवाल एंव जीवन ज्योति फाउण्डेसनका अध्यक्ष बिशाल गोलेको उपस्थिति रहेको थियो। बिशिष्ट अतिथि एएसआई सिद्धार्थ लामा शिशु रोग बिशेषज्ञ डा. साईगल मुखर्जी नर्सिंग होम जेनेरल फिजिसियन डा. एस रहमान समाज सेवक सुरेन प्रधान सिलगढ़ी सागे लामा एमडी याकूप अलि रोटरी क्लब ब्लड ब्याङ्कका पदाधिकारीगण बिन्दु उपाध्याय भगवान रोय कामरण गायत्री ठाकुर सरोज र टिस्टा भली पञ्चायत प्रधान एसबी सुब्बा कर्माधयक्ष मेनडुप तामाङको उपस्थिति थियो।
बिहान एघार बजेदेखि चारबजेसम्म ८२ यूनिट रक्त सङ्ग्रह गर्न सक्षम भयो। जस्मा महिला ३१ जना र पुरूष ५१ जना। अधिकत्तम ४१ जना ए पोजेटिभ र १६ जना ओ पोजेटिभ रहेको थियो। समिति र फाउण्डेसनको लक्ष्य १०० यूनिट भन्दा अधिक रहने बाचा थियो। तर कतिपय कारणबस धेरै जना उद्धार हृदयका अनुहारहरूले अंशग्रहन गर्न असम्भव भए। आउने दिनहरूमा अझ सक्रिय भएर कार्थ गर्ने हौसला जागेको छ। रक्तदान गर्न एउटा सेवा हो। यसले शरिर कुनै प्रकारको नोक्सान पुऱ्याउदैन। बरू अझ सबल हुन्छ। शरिरमा भएको कलटहरू निस्कीएर हार्ट एटेक हुने कम्ति सम्भवना रहदछ। अन्त्यमा साँढे चार बजे सभापतिद्वारा रक्तदान शिविर कार्यक्रम समाप्त भएको घोषणा गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement