आज राति अमित शाह कोलकाता पुग्ने छन्

amit-shah-1680246396.jpg

काेलकाता: लोकसभा चुनाउलाई ध्यानमा राखेर पश्चिम बंगाल भाजपाको धेरै नै अहम बनेको छ। केन्द्रिय गृहमन्त्री अमित शाहको दुई दिवसीय यात्रालाई यही दृष्टिले हेरिन्दैछ। उनी आज राति ११:४५ बजी कोलकाता पुगिरहेका छन्।

जानकारी अनुसार, शाह मंगलवार धेरै कार्यक्रमहरूमा हिस्सा लिनेछन्। शाह एयरपोर्टबाट सीधा न्यू टाउनस्थित होटल जानेछन् र राति त्यही आराम गर्नेछन्। भोली पल्ट बिहान ११:३० बजी उनको कार्यक्रम शुरू हुनेछ। उनी सर्वप्रथम कालीघाट मन्दिरमा पूजा-अर्चना गर्न जानेछन्। यसपछि भोजन गर्न होटल फर्किनेछन् र त्यही पार्टी कार्यकर्ताहरूको साथ अहम बैठक हुनेछ।

गृहमन्त्री नेशनल लाइब्रेरीमा एक कार्यक्रममा पनि हिस्सा लिनेछन्। यहाँ पार्टीको आईटी सेलको बैठक हुनेछ। त्यसपछि होटलमा पार्टी कार्यकर्ताहरूको साथ अझ् एक बैठक हुनेछ। यसमा प्रदेशको हरेक ठूला नेताले हिस्सा लिने बताइँदैछ। उनी साझँ दिल्ली फर्किनेछन्। एक महिनाभित्र अमित शाहको यो दोस्रो बंगाल यात्रा हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement