जलपाईगुडी: बडा दिनको अवसरमा जलपाईगुडीमा धेरै कार्यक्रमहरू आयोजना गरिनेछ। मैनागुरी आईटी लेन कार्निवल ग्रुपद्वारा क्रिसमसको पर्व भव्यताका साथ मनाइनेछ र यस अवसरमा विभिन्न कार्यक्रमहरूको आयोजना गरिनेछ। कार्निभल ग्रुपले केक काटेर सबै सहभागीहरुलाई वितरण गर्नेछ। कार्यक्रम बिहानदेखि बेलुकासम्म चल्ने छ। कार्यक्रममा बाहिरी कलाकारहरुको सांगीतिक प्रस्तुति रहनेछ। यससँगै चित्रकला प्रतियोगिता पनि आयोजना गरिएको छ, जसमा करिब ५ सय बालबालिकाको सहभागिता रहेको छ। चार विभागमा आयोजना हुने यस प्रतियोगितामा सबैलाई टिफिन र क्रिसमस उपहार दिइने छ। साथै प्रथम, द्धितिय र तृतीय हुनेलाई पुरस्कार सहित पुरस्कृत गरिने छ। विशेष अतिथिहरु द्वारा पुरस्कार वितरण हुनेछ। साथै क्रिसमसको अवसरमा खाँचोमा परेकाहरुलाई कम्बल पनि दिइनेछ। सङ्गठनका सचिव राजु साह, अध्यक्ष प्रशान्त सरकार, उपाध्यक्ष महादेव मण्डल, कोषाध्यक्ष सुदीप देव गुप्तालगायत सदस्यले उक्त कार्निवल आयोजना गरेका हुन्।