गान्तोक: सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले एक सन्देश जारी गर्दै राज्यबासीलाई क्रिसमसको यस विशेष अवसरमा,शुभकामना दिएका छन्। उनले आफ्नो सन्देशमा शान्ति, सहिष्णुता, बलिदान, प्रेम र क्षमाका मूल्यहरूसहितको क्रिसमसको वास्तविक सारले सबैको हृदयमा बास गरोस् र करुणा र सेवाको मार्गतर्फ डोर्याओस् भन्ने उल्लेख गरेका छन्। मुख्यमन्त्री तामाङले शान्ति र धर्मपरायणताका लागि यस चाडपर्वको महत्त्वलाई स्वीकार गर्दै हाम्रा विविध समुदायहरूबीच मानवता र भाइचाराको विकास गरौं भनी आह्वान गरेका छन्। क्रिसमसले हाम्रो राज्यमा सबैलाई खुशी र स्वास्थ्य ल्याओस् भनी जनाएका छन्।