गुजरातमा शुरु भयो नेपाली संस्कृति परिषद समितिको अन्तर्राष्ट्रियको सम्मेलन

IMG-20231224-WA0192

गुजरात: नेपाली संस्कृति परिषद समितिको तीन दिवसीय अन्तर्राष्ट्रिय सम्मेलन गुजरातको  कर्णावती (अहमदाबाद)मा शुरू भएको छ। आइतबार बिहान १० बजेदेखि कर्णावती स्थित स्वामीनारायण मन्दिर परिसरमा यो अधिवेशनको उद्घाटन गरियो। गुजरात विश्व विद्यालयका संस्कृत विभागका पूर्व विभागाध्यक्ष डा. कमलेश शास्त्री मुख्य अतिथि थिएl यसको अध्यक्षता गुजरातका प्रमुख नेपाली उद्योगपति बासुदेव खनालले गरेका थिए भने परिषदका अन्तर्राष्ट्रिय कार्यकारी अध्यक्ष अशोक चौरसियाले दीप प्रज्वलित गरेर उद्घाटन गरे।

यस सम्मेलनमा पश्चिम बंगालका दार्जीलिङ, खरसाङ, मिरिक, कालेबुङ र सिलगढीका प्रतिनिधिहरूसहित सिक्किम, पूर्वोत्तर भारत, दिल्ली, हरियाणा, उत्तर प्रदेश,  उत्तराखण्ड,  हिमाचल प्रदेश, राजस्थान, मध्य प्रदेश, महाराष्ट्र र नेपालबाट तीनसय भन्दा बढी प्रतिनिधिहरू उपस्थित थिए। सम्मेलनमा पर्यावरण संरक्षण,  संस्कृति र भाषा सम्बर्धन,  समसामयिक चुनौतीहरू  तथा समाधान अनि श्रीराम मन्दिर उद्घाटन समारोहमा सम्पूर्ण नेपालीलाई उद्घाटन समारोहसित प्रत्यक्ष वा परोक्षरूपमा जोडने योजनासहित परिषका आउँदो वर्ष २०२४ को वर्ष भरीको कार्यरूप तय गरिने छ। उक्त जानकारी परिषदका अन्तर्राष्ट्रिय महासचिव राजेन शिवाकोटीले दिएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *