सिलगढी: आज जीवन ज्योति फाउन्डेसन, बटकेस्वर जन कल्याण समिति र गोर्खा च्यारिटेबल हस्पिटलको संयुक्त तत्वावधानमा रङ्गली चियाबारीस्थित बटकेस्वर शिवालय परिसरमा रक्तदान शिविरका साथमा नि:शुल्क स्वास्थ्य जाँच शिविर आयोजना गरियो। यस शिविरमा जम्मा ८७ जनाले रक्तदान गरे। आजसम्म गोर्खा च्यारिटेबल हस्पिटलले पहाडमा गरेको ब्लड डोनेसन क्याम्पहरु मध्ये आज सर्वाधिक रगत संग्रह भएको छ गोर्खा च्यारिटेबल हस्पिटलक सचिव सुरेन प्रधानले बताएका छन्। यस भन्दा अघि गत वर्ष २१ अक्टोबरमा सुकेपोखरी ब्लकअन्तर्गत पोख्रेबुङमा एसएचजीले गरेको रक्तदान शिविरमा ७२ युनिट ब्लड कलेक्सन भएको उनले बताएका छन्। संग्रह गरिअको रगत सिलगढी रोटरी ब्लड ब्यांकलाई सुम्पिएको छ। मुखर्जी हस्पिटल सिलगढीबाट जेनेरल फिजिसियन तथा शिशु रोग विशेषज्ञ आएका थिए अनि २३ जना नानीहरू र ५७ जना अन्य रोगि जाँच गरि नि:शुल्क औषधी वितरण गरियो भने मुखर्जी हस्पिटलले ४३ जनाको ब्लड ग्रुपिङ र ६२ जनाको नि:शुल्क सुगर टेस्ट गरिदिएको उनले बताएका छन्। यस शिविरका अयोजक दुवै संस्था तथा सम्पूर्ण रक्तदान गर्नेहरूप्रति गोर्खा च्यारिटेबल हस्पिटलले आभार प्रकट गरेको छ।